सर्पदंशका बिरामीको उपचार केन्द्र स्थापना गर्न भारतले सहयोग गर्छ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सर्पदंशका बिरामीको लागि उपचार केन्द्र स्थापना गर्न भारत सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को क्षेत्रीय बैठकबाट फर्किएपछि विमानस्थलमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री पौडेलले सर्पदशं उपचार केन्द्र बनाउनसहजीकरण गर्नेबारेमा भारतीय स्वास्थ्यमन्त्रीले प्रतिबद्धता जनाएको बताएका हुन् । क्षेत्रीय बैठकका क्रममा भारतीय स्वास्थ्यमन्त्रीसँग आफ्नो भेट भएको उल्लेख गर्दै मन्त्री पौडेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भारत सरकारले सञ्चालन गर्दै आएको एम्स अस्पतालसँग समझदारी भएर सहकार्य भइरहेका कामहरू बीचमा समयावधि सकिएका कारण रोकिएको स्थितिको अन्त्यका लागि प्रयास गरेको बताए । 
स्वास्थ्यमन्त्री पौडेलले डब्ल्यूएचओसँग समन्वय गरेर नेपालमा चलिरहेका कार्यक्रमहरूलाई अझ बढी कसरी प्रभावकारी बनाउने र हेटौँडामा रहेको सरुवा रोग केन्द्रलाई अनुसन्धान केन्द्रका रूपमा विकसित गर्नेबारेमा छलफल भएको बताए ।

प्रतिक्रिया