भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन,राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने

एजेन्सी । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको गएराति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका हुन् । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो । राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्। टाटाको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने छ । उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।। 
 

प्रतिक्रिया