विश्वकप छनोटको पहिलो चरणमा नेपालले लावससँग भिड्ने

सन् २०२६ को विश्वकप छनोट र २०२७ को एएफसी एसियन कप छनोटको पहिलो चरणमा नेपालले लावससँग खेल्ने भएको छ । मलेसियाको क्वालाम्पुरमा आज भएको ड्र अनुसार नेपालले लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।  नेपालले होम एण्ड अवे गरि दुई वटा खेल लाओससँग खेल्नेछ । पहिलो लेगको खेल अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ । अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको भविष्यको टुंगो लाग्नेछ । दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोली सहित कुल ३६ टोलीलाई ४–४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन् । प्रारम्भिक प्लेअफमा सहभागी टोलीलाई दुई पटमा विभाजन गरिएको थियो । पट वानमा २७ देखि ३६ स्थानको टोली छन् भने पट  टु मा ३७ देखि ४६ स्थानका टोली हुनेछन् । पट वानका टोलीले पट टु को टोलीको सामना गर्दैछन् ।
 

प्रतिक्रिया