सुन तस्करीमा निष्पक्ष छानबिन गर्न सुनचाँदी व्यवसायीको माग
सुनचाँदी व्यवसायीहरुले सुन तस्करीका घटनाहरुको सत्य र निष्पक्ष ढंगबाट छानविन हुनुपर्ने माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रले संघका निर्वतमान अध्यक्ष तथा सल्लाहाकारको सम्मानमा आयोजित कार्यक्रममा व्यवसायीहरुले राजनीतिक आड,अन्र्तराष्ट्रिय गिरोहका कारण भइरहेको श्रृंखलाबद्ध तस्करीका घटनाले व्यवसायमा संकट आएको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भरिया र डाईभरलाई मात्र समातेर तस्करीको नहट्ने भन्दैं विगतको संसदीय समितिले नामै तोकेर दोषी ठहर गरिएको फाईलहरु समेत खोलेर कारवाही गर्न माग गरे ।
सरकारले भन्सार बढाएपछि भारतीयहरुले तयारी गहना ल्याउँदा स्वदेशी उत्पादनका गहना बजारमा संकट आएको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्यले नीजि क्षेत्रलाई पन्छाएर बैंकहरुलाई मात्र सुन ल्याउने नीति ल्याएपछि बजारमा अनेकन विकृति आएको बताए ।
कार्यक्रममा नवनिर्मित सुनचाँदी तालिम केन्द्रमा वुद्धमूर्तिको प्रतिस्थापन गर्दै संघका निर्वतमान अध्यक्ष निरञ्जनरत्न शाक्य,तेजरत्न शाक्य लगायतलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया