गगन थापाले बुझाए निर्वाचन आयोगमा १५ हजार जरिवाना

कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् । निर्वाचन खर्चको विवरण सार्वजनिक नगरेको भन्दै आयोगले १५ हजार जरिवाना तोकेको थियो । खर्च विवरण सार्वजनिक गरेको आयोगलाई जानकारी गराउनु पर्ने जानकारी आफूलाई नभएको कारणले आफूले जरिवाना बुझाएको बताएका छन् ।

उनले फेशबुक मार्फत निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको जनाएका छन् । उनले फेशबुकमा लेखेका छन्,'यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।’

उनले पहिला नै आयोगलाई खर्च विवरण बुझाइसकेको उल्लेख गर्दै २३ लाख ४२ हजार ७६८ रुपैयाँ १० पैसा खर्च भएको भएको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया