तेन्जेन शेर्पा र नर्वेजियन महिला पर्वतारोहीले तोडे निर्मल पुर्जाको कीर्तिमान

संखुवासभाका तेन्जेन शेर्पा र नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिलाले सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले ९२ दिनमा १४ वटा हिमाल चढेर विश्व कीर्तिमान बनाएका हुन । समिट ट्रेक्सबाट गएका दुवैजना आव बिहान १० बजेर ४५ मिनेटमा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको चुचुरोमा पुगेका हुन । यसअघि यो कीर्तिमान यसअघि निर्मल पुर्जाका नाममा थियो ।  उनले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर उक्त कीर्तिमान बनाएका थिए । तेन्जेन र क्रिस्टिनासहित सेभेन समिटबाट गएका २३ जनाले केटुको सफल आरोहण गरेका हुन । विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए ।

प्रतिक्रिया