गाजामा भएको इजरायली हमलामा १७ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार बताएको छ । 

नागरिक सुरक्षा टोलीले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएका अब्दुल हादी परिवारको तीन तले घरबाट बालबालिका सहित १७ जनाको शव निकालेको छ भने अन्य घाइतेहरुको उद्धार गरेको छ“, विभागका प्रवक्ता महमुद बासलले एक विज्ञप्तिमा बताएका छन्  ।  

बसालले मृतकको शव र अन्य घाइतेलाई नुसिरात शिविरको अल–अवदा अस्पताल र देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा लगिएको बताएका छन् । 

गाजाको मध्य र उत्तरी भागमा मङ्गलबार बिहान देखि थुप्रै हवाई आक्रमणहरू भएको बासलले बताएका छन् ।  प्रत्यक्षदर्शी एवं उद्धारकर्ताले जबलियामा इजरायली सैन्य कारबाही जारी रहेको बताएका छन् ।  

पछिल्लो दिनमा  इजरायली सेनाले जबलियामा गरेको हवाई आक्रमणमा लगभग २० जनाको मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको थियो ।  सेनाले यस क्षेत्रमा रहेको हतियार भण्डारण सुविधा पनि ध्वस्त पारेको छ । 

प्रतिक्रिया