इजरायलले लेबनानमा सैन्य आक्रमण बढायो

एजेन्सी ।  इजरायलले दक्षिणी लेबनानमा  हिजबुल्लाहमाथिको  जमीन आक्रमण थप बढाएको छ । 

हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीन मार्फत पनि आक्रमण शुरु गरेको थियो । अहिले त्यसलाई थप बिस्तार गरेको इजरायलले जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर ७,२०२३ मा प्यालेष्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या, बलात्कार,अपहरण गरेको बदला लिने बताउँदे आएका छन् । हिजो सोमबार हमासले इजरायलमाथि गरेको आक्रमणको एक वर्ष पुगेको अवसरमा पनि नेतान्याहुले इजरायलले ’लडाइँ जारी राख्ने’ बताएका थिए । गाजामा युद्ध भएको एक वर्ष बितिसक्दा पनि हमासलाई परास्त गर्ने, गाजामा बन्धक बनाइएकाहरूलाई इजरायलमा फर्काउने र हिजबुल्लाहसँग लडेर विस्थापित भएका इजरायलीहरूलाई उनीहरूको घर फर्काउने जस्ता इजरायलका लक्ष्यहरू पुरा हुन सकेका छैनन् । 

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो ।  २५० जना इजरायली नागरिकलाई अपहरण गरेर हमासले लगेको थियो । त्यसमा नेपालका बिपिन जोशी पनि रहेका छन् । उनको अहिलेसम्म अत्तो पत्तो छैन । ७ अक्टोबरपछि इजरायल र हमासबीचको युद्ध निरन्तर चलिरहेको छ । यो युद्धमा ४२ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको दाबी छ । 

युद्ध लम्बिदै जाँदा अहिले यो युद्धमा इजरायल,प्यालेष्टिनी,इरान र लेवनान पनि जोडिन थालेका छन् । देखिने रुपमा इजरायल एक्लै इरान,लेवनानमा रहेको मुस्लिम लडाकू समूह हिजबुल्लाह र हमाससँग लडिरहेको छ । यद्यपि भित्रि रुपमा इजरायललाई अमेरिकाको समर्थन रहेको बिश्वास गरिएको छ । अमेरिका लगायतका पश्चिमा देशहरुले युद्धबिराम गर्न आग्रह गरेपनि इजरायल सहमत भएको छैन । 

प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमा आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या र २५०जना इजरायली नागरिकको अपहरण गरेपछि शुरु भएको युद्ध कहिले सम्म चल्ने हो ठेगान छैन । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले लेवनानमा हिजबुल्लाह केन्द्रित आक्रमण गरिरहेको हो । हिजबुल्लाहले पनि इजरायलमाथि गत हप्ता रकेट आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा इरानको समर्थन पाएको हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले हिजबुल्लाहलाई सघाउन इजरायलमाथि गत हप्ता मिसाइल हानेको थियो । तर त्यसलाइ इजरायलले रोकेको थियो । युद्धको कारण लाखौ मानिसहरु पलायन भएका छन् । महिला,बालबालिका,असक्त र बृद्धबृद्धाको अवस्था दयनीय बनेको छ । पश्चिमा देशहरु इजरायलको पक्षमा छन् । त्यस्तै इरान लगायतका केही मुस्लिम बाहुल्यता भएका देशहरु हमासको पक्षमा देखिएका छन् । तर आम नागरिक भने युद्धको बिपक्षमा छन् ।
 

प्रतिक्रिया