सुनसरीमा बाढी पीडितलाई नगद सहयोग

सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।

विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिका भित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबार देखि नगद सहयोग हस्तान्तरण शुरु गरेको हो । उक्त बाढी पीडितलाई प्रति परिवार १५ हजार रुपैयाँको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । 
 
उनका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडाकार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपाल मार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ । 
 

प्रतिक्रिया