यसवर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार होपफिल्ड र हिल्टनलाई

काठमाडौ । भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई ‘आर्टिफिसल न्युरल नेटवर्कमार्फत् मेसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभुत खोज तथा आविस्कार गरेकाले’ पुरस्कार दिने निर्णय गरिएको नोबेल कमिटिले जनाएको छ ।

होपफिल्ड अमेरिकाको प्रिन्स्टन युनिभर्सिटीमा आणविक जीवविज्ञाका प्राध्यापक हुन् । युनिभर्सिटी अफ टोरन्टोमा कम्प्यूटर विषयका प्राध्यापक हिल्टनले एआईमा विद्याबारिधि गरेका छन् ।

 

प्रतिक्रिया