बालिका बेपत्ता र  बलात्कारको आरोप लागेका क्रिश्चियन ब्रुकनरले सफाइ पाए

एजेन्सी । तीन वर्षीया बेलायती बालिका मेडेलिन म्याक क्यान बेपत्ता भएको घटनाका मुख्य संदिग्धलाई जर्मनीको एक अदालतले बलात्कार र यौन दुव्र्यवहारको मुद्दामा सफाइ दिएको छ ।

सन २००७ मा आफ्ना आमा बुवासँग पोर्चुगल घुम्न गएकी ती तीन बर्षीया वालिका मेडेलिन परिवार सहित बसेको होटलबाट बेपत्ता भएकी थिइन् ।उनी बृपत्ता हुनुमा  जर्मनीका क्रिश्चियन ब्रुकनरको हात रहेको भन्दै उनीमाथि बालिका बेपत्ता पारेको आशंका गरिएको थियो । तर त्यसमा उनको संलग्नता नपाइएको भन्दै जर्मनीको एक अदालतले सफाई दिएको हो । 

४७ वर्षीय क्रिश्चियन ब्रुकनरलाई सन् २००० देखि २०१७ को बीचमा पोर्चुगलमा पाँच वटा अपराधमा सफाइ दिइएको थियो । उनले बलात्कारको अभियोगमा जर्मनीमा सात वर्षको जेल सजाय काटिरहेका छन् ।
सन् २०१९ मा एक अमेरिकी महिलालाई बलात्कार गरेको अभियोगमा ब्रुकनरलाई अदालतले  सात वर्षको जेल सजाय तोकेको थियो । त्यो आगामी आगामी सेप्टेम्बरमा सकिँदैछ ।

न्यायाधीश उटा एन्गेम्यानले ब्रुकनरलाई दोषी ठहर गर्न पर्याप्त प्रमाण नभएको बताएपछि  अभियोजनकर्ताले मंगलबारको फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । ब्रुकनर जमएनीका भएपनि उनले पोर्चुलगमा धेरै समय बिताएका थिए । त्यतिबेला उनी धेरै आपराधिक गतिबिधिमा संलग्न रहेको पाइएको थियो । 
 

प्रतिक्रिया