धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धार

काठमाडौ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव हिमालको ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो। 
१४ जना रूसी नागरिकको समूह पर्वतारोहणका लागि आएका थिए। उनीहरू २०-२२ दिन अगाडि नै आएर पर्वतारोहणका लागि आएका थिए।

आइ.ए.एम ट्रेकिङ एजेन्सीमार्फत् पर्वतारोहणका लागि गएका ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए। खोजतलास जारी रहदा बेस क्याममा दुई जना र एक जना क्याम्प वानमा सकुशल भेटिएका थिए। क्याम वानमा भेटिएका ती व्यक्तिको उपचार भइरहेको छ। दुई जना भने काठमाडौं आउने तयारीमा छन्।

हेलिकप्टरले उनीहरू तीन जनालाई फेला पारेपछि ७ हजार ६०० मिटर उचाइमा पुग्दा पाँचै जनाको शव फेला पारेको हो।  

 
 

प्रतिक्रिया