पूर्वअर्थसचिव खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौ। सरकारले पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा अर्थतन्त्र सुधारका लागि गर्नु पर्ने कामका लागि राय दिन उच्चस्तरीय सुधार सुझाव आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खनालको नेतृत्वमा सुझाव आयोग गठन गर्ने निर्णय गरेको हो। पूर्व अर्थसचिव खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो।

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन्।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायतअर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरीनेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरु दिने विश्वास व्यक्त गरेका छन् ।अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरुको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्रसुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो।

प्रतिक्रिया