दशैंमा पनि मानव अधिकार आयोग खुला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दशैं अवधिमा पनि खुल्ने भएका छन् । 

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ती कार्यालयहरु खुला रहने आयोगले जनाएको हो ।आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले यो अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतिका घटनामा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।
रासस
 

प्रतिक्रिया