राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगद्वारा  वार्षिक प्रतिवेदन प्रस्तुत


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।  

राष्ट्रपति पौडेल समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा सितल निवासमा आयोजित कार्यक्रममा आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।  

आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार भएको बताएका थिए । राष्ट्रपति पौडेलले निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्नसक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरेका थिए । 

    
 

प्रतिक्रिया