दशैं नमनाउने खोकनामा सिकाली जात्राको रौनक

काठमाडौ । ललितपुरको खोकनामा सिकाली जात्राको रौनक छाएको छ । सिकाली चौरमा रहेको मन्दिरवरिपरि स्थानीय भेला भएर धुमधामका साथ जात्रा मनाइएको छ। खोकनावासी दशैं मनाउँदैनन् ।शैंको सट्टामा त्यहाँका स्थानीयले घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म सिकाली जात्रा मनाउने गर्छन् । खोकनाबासीले विभिन्न देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर सिकाली जात्रा मनाउँछन् ।

स्कन्द पुराणको माघ महात्म्यमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली र वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको कथाको आधारमा गरिने जात्रामा मंगलबार बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ लगाइएको थियो। यज्ञलाई वीरभद्र र महाकालीले ध्वस्त बनाएका हुन्।

यहाँका बासिन्दा एक–आपसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन्।

दसैँ भन्दा सिकाली जात्रा पुरानो संस्कृति भएकाले यो जात्रा मनाएपछि दसैँ मनाउन नभ्याइने स्थानीयहरूको भनाई रहदै आएको छ । 

प्रतिक्रिया