निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन् । 

मंगलबार राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको भन्दै  आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने  विश्वास ब्यक्त गरे ।

राष्ट्रपति समक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले प्रतिवेदन पेश गरेकि थिइन् । 
 

प्रतिक्रिया