लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

काठमाडौं । लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ ।

 केही समय देखि गुरुङ पाठेघरको क्यान्सर बाट ग्रसित थिइन् । ५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको बताइएको छ ।

गुरुङ २०७४ को स्थानीय निर्वाचन बाट पालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।  लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय उनी  हाल कांग्रेसको गण्डकी प्रदेश कार्य समिति सदस्य तथा महासमिति सदस्य थिइन् । 

प्रतिक्रिया