क्यानडा एचपी सँगको अभ्यास खेलमा  नेपाल विजयी

काठमाडौं । नेपालले तेस्रो अभ्सास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले पराजित गरेको छ । 

तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले जित निकालेको हो  । यो सँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । 

१ सय ८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले १ सय १६ बलमा ७ चौका र ३ छक्का सहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १ सय ८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले ७० बलमा ५ चौका सहित सर्वाधिक ५२ रन बनाए । 
 

प्रतिक्रिया