भारत सरकार द्वारा बाढी पीडितका लागि सामग्री हस्तान्तरण

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढी पीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । 

भारतीय रुपैयाँ एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री  रिजाल समक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा रिजालले भारत सरकारलाई धन्यवाद दिए । 

सामग्री अन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन् । भारत सरकारको तर्फ बाट मंगलबार पनि सामग्री आउने र सबै सामग्री सङ्कलन भए पछि मात्र हवाईजहाज मार्फत काठमाडौं पठाइने रिजालले जानकारी दिए । 
रासस 

प्रतिक्रिया