भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण ५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी भारतीय शहर चेन्नाईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीडका कारण पाँच जनाको मृत्यु भएको छ । 

आइएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । आइएएफको प्रर्दशन पछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

चेन्नाईको मरिना समुद्र तटमा आयोजित सैन्य उडान साहसिक कार्यक्रमको प्रत्यक्षदर्शी जनता भीड र चर्को गर्मी बाट पीडित भएका थिए । अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रममा दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।

बिरामी परेका धेरैलाई अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।
 

प्रतिक्रिया