भारतीय चर्चित गायक जुबिनले नेपालमा कन्सर्ट गर्दै

काठमाडौं । भारतीय चर्चित गायक जुबिन नौटियालको नेपालमा च्यारिटी कन्सर्ट हुने भएको छ । 

एन अटिजम केयर फाउन्डेसन (एनएसीएफ) ले सोमबार पत्रकार सम्मेलन गरी कन्सर्ट बारे जानकारी गराएको हो ।

अटिजम बाट पीडित बालबालिकाको सहयोग र अन्तर्राष्ट्रिय कलाकार र गायकहरुलाई नेपालमा आकर्षित गर्नका लागि कन्सर्ट गर्न लागिएको आयोजक एनएसीएफले जनाएको छ । 

कन्सर्टमा सहभागी हुनका लागि खल्ती एप मार्फत पनि टिकट लिन सकिने व्यवस्था गरिएको छ । कन्सर्ट आगामी मंसिर २९ गतेका लागि आयोजना गरिएको बताइएको छ । 

प्रतिक्रिया