मोतियाबिन्दु भएका बिरामीको  निःशुल्क शल्यक्रिया

गोरखा ।  गोरखाका आँखा बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । 

गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविर मार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया गरेको हो ।  

केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएका मध्ये छ जना महिला र सात पुरुष रहेको जानकारी दिए । केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीको  शल्यक्रिया शिविर सञ्चालन गरेको हो ।

लायन्स सेवा केन्द्रले जिल्ला भित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समय समयमा समुदाय स्तरमा निःशुल्क आँखा जाँच, औषधोपचार तथा चस्मा वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको छ ।

रासस 

प्रतिक्रिया