चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार रुवकुन र एम्ब्रोसलाई

काठमाडौं । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाउने भएका छन् । कारोलिन्स्का संस्थानले वैज्ञानिकहरु गैरी रुवकुन र भिक्टर एम्ब्रोसलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो ।माइक्रोआरएनएको खोज र पोस्ट-ट्रान्सक्रिप्शनल जीन नियमनमा योगदान पुर्‍याएकोले पुरस्कार दिन लागिएको हो ।नोबेल पुरस्कारबापत ११ मिलियन स्विडिस क्रोनर प्राप्त हुन्छ ।

प्रतिक्रिया