निगमले २४ गते फूलपातीका दिन काठमाडौं–भैरहवा उद्धार उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । 

निगमले हालैको बाढी पहिरोका कारण सडक अबरुद्ध भएका र काठमाडौंबाट बाहिर जाने आउने राजमार्गहरु कतिपय ठाउँमा अवरुद्ध भएका कारण वडा दशैंलाई लक्षित गरेर  फूलपातीको दिन सो रुटमा उद्धार उडान गर्ने भएको हो । 

निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी बिज्ञप्तिमा यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने÷आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएकोले  स्थलमार्गबाट सर्वसाधारणलाई आफ्नो घर फर्किन कठिनाई भएको कुरालाई मध्ष्नजर गरेर निगमले उद्धार उडान गर्न लागेको उल्लेख छ । सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडा दशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन÷जान सहज होस भनेर वडादशैंको फुलपातीको दिन असोज २४ गते  काठमाडौं–भैरहवा–काठमाडौं निगमको ए–३२० जहाजबाट उद्दार उडान गर्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ । उद्धार उडानमा काठमाडौं– भैरहवाका लागि  टिकटको मूल्य ७ हजार तय गरिएको छ । त्यसैगरी भैरहवा– काठमाडौंका लागि ३ हजार ८९० रुपैयाँ  निर्धारण गरिएको छ ।  

विषम परिस्थितिमा उद्दार उडानमा खटिन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निर्देशन दिएका र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष पहल गरेका पनि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यात्रुले टिकट निगमको कार्यालय वा निगमको वेवसाइटबाट मार्फत लिन सक्नेछन् । 

प्रतिक्रिया