सुनको मूल्य तोलामा पाँच सयले घट्यो

काठमाडौं ।  स्थानीय बजारमा सुनको मूल्य तोलामा  ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने  एक लाख ६० हजार ५ सय रुपैयाँमा  निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि भने  एक हजार ९८० रुपैयाँमा निर्धारण भएको छ । 

प्रतिक्रिया