भारतको मुम्बईमा आगलागी हुँदा दुई बालबालिका सहित सात जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरकाे  एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु भएको छ । 

घटनामा अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आज बिहान आगलागी भएको हो। मृतक सबै एकै परिवारका सदस्य थिए। भुइँतलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुईतले भवनमा आगलागी भएको हो । 

सुतिरहेका बेला आगलागी हुँदा ७ जनाको मृत्यु भएको हो ।
 

प्रतिक्रिया