एनपिएल अक्सनः अनिल जनकपुरमा अनुबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले गर्न लागेको फ्रेन्चाईज प्रतियोगिता नेपाल प्रिमियर लिगमा आरिफ शेखले सुदूरपश्चिम रोयल्सबाट र भीम सार्कीले काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन् । आगामी मंसिर १६ गते देखि काठमाडौँमा हुने एनपीएलका लागि काठमाडौँमा आयोजित खेलाडी अक्सनमा आरिफलाई सुदूरपश्चिम र सार्कीलाई काठमाडौँले १५–१५ लाख रुपैयाँमा खरिद गरेको हो ।

त्यस्तै, अनिल कुमार साहलाई जनकपुर बोल्ड्सले, सागर ढकाललाई पोखराएभेन्जर्स, विवेक यादवलाई लुम्बिनी लायन्सले समान १५–१५ लाख रुपैयाँमाखरिद गरेको छ । क्याटोगोरी एमा रहेका सबै खेलाडीको न्यूनतम मूल्य १०लाख रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, आकाश चन्दलाई पोखरा एभेन्जर्सले ११ लाख ५० हजार, अबिनाश बोहोरालाई सुदूरपश्चिम रोयल्सले १२ लाखमा किनेको छ । आकाश र अबिनाश पनि ए क्याटोगोरीमा राखिएका खेलाडी हुन् ।  त्यस्तै, तिलकराज भण्डारीलाई लुम्बिनी लायन्सले १० लाख रुपैयाँमा आफ्नो टोलीमा आवद्ध गरेको छ । अक्सनमा १ सय ४२ जना खेलाडीलाई राखिए ।

प्रतिक्रिया