सुनकोशी नदीमा सेनाले बेली ब्रिज जडान गर्दै

काठमाडौं । असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ७ स्थित खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको हुँदा उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न असोज १९ गते शनिबारबाट खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आज आइतबार असोज २० गतेबाट बेली ब्रिज जडान कार्य सुरु गरेको छ ।

सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान कार्य सुरु गरेको हो । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न ठाँउमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया