‘मिडियाको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्छ’

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले आमसञ्चारमाध्यमको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने बताएका छन् ।नुवाकोटको बट्टारस्थित नुवाकोट एफएमको वार्षिकोत्सव कार्यक्रममा आज आइतबार उनले सामाजिक सञ्जालको भीडमा जनतालाई भ्रमबाट मुक्त गराउन मिडियाको भूमिका सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमा महत्वपूर्ण हुने बताएका हुन् ।

“निरन्तर गलत तथ्यलाई प्रवाह गर्दा जनताले त्यसलाई नै सत्य होला भनेर बुझ्न सक्छन्, अहिले यसैको प्रभावले सरकारको कामकारबाही र जनताका मुद्दा ओझेलमा पर्दै आइरहेका छन्”, प्रवक्ता डा महतले भने, “परिवर्तन र आधुनिकताको नाममा हुने गलत क्रियाकलापविरुद्ध मिडियाको भूमिका अझ बढी सान्दर्भिक हुन्छ । त्यसैले मिडियाले आफूलाई परिवर्तन गर्दै जनअपेक्षाअनुसार काम गर्ने र जनताले पनि सत्य सूचनाका लागि मिडियामा विश्वास गर्ने अवस्था निर्माण गर्नुपर्छ ।”विकास निर्माण, सामूहिक एकता र नागरिक अधिकार तथा दायित्वलाई स्मरण गदै जिम्मेवारी बोधका साथ अगाडि बढ्न आमसञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने प्रवक्ता डा महतको भनाइ थियो । 

प्रतिक्रिया