प्रदर्शनको क्रममा लघुवित्त पीडित र प्रहरीबीच नयाँ बानेश्वरमा झडप
लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच झडप भएको छ।
पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गर्दै आएका छन् ।
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया