सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिन थाल्यो मनसुन

काठमाडौं । यस वर्षको मनसुन विस्तारै सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको बुलेटिनमा सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जनाएको हो । त्यस्तै लुम्बिनी प्रदेशका थोरै स्थानबाट पनि यस वर्षको मनसुन बाहिरिएको महाशाखाले जनाएको छ । 
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

मनसुन बाहिरिने क्रम अन्य प्रदेशतिर पनि क्रमशः फैलिँदै गएको छ । त्यसलाई अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ  ।

प्रतिक्रिया