गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द

काठमाडौ। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठिन समिति रद्द गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो ।

शुक्रबार (असोज १८ गते) बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७८ चैत २४ गते छानबिन समिति गठन गरेको थियो। 
सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानविन समिति गठन भएपछि गभर्नर अधिकारी निलम्बनमा परेका थिए। सरकारको उक्त निर्णयलाई चुनौती दिँदै अधिकारीले वैशाख ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।  सर्वोच्चले उनका पक्षमा अन्तरिम आदेश जारी गरी कारबाही प्रक्रिया रोकिदिएको थियो। 

गभर्नर अधिकारीमाथि आयात रोक्न खोजिएका विलासिताका बस्तुहरुको गोप्यसूची सार्वजनिक गरेको आरोप लागेको थियो । 

प्रतिक्रिया