बाढीपहिरो पीडितलाई तत्कालै राहतको माग सहित प्रर्दशन गर्नेहरु पक्राउ

काठमाडौं। बाढीपहिरो पीडितलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् ।सिंहदरबारअगाडि  बाढीपहिरो पीडितलाई  तत्काल राहत  र पुनस्थापना गर्नुपर्ने माग सहित कालो झण्डा देखाउने ६ जना पक्राउ परेका हुन् । 

मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरुले सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका हुन् । 

पक्राउ पर्नेमा पार्टीका सह-संयोजक हरिकृष्ण गजुरेल भाष्कर, कार्यालय सदस्य सुनिता प्रकाश, अर्जुन, मोहन र अरुण रहेका छन्।

‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर ! आवतजावत सहज गर ! हवाई भाडा नियन्त्रण गर ! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’लगायतका उनहीहरुले नारा लगाएका थिए।

प्रतिक्रिया