इजरायली आक्रमणमा ४ सय ४० हिजबुल्लाहका कार्यकर्ता मारिए

एजेन्सी । इजरायली रक्षा बल (आइडीएफफ)ले लेबनानमा रहेको हिजबुल्लाह लक्षित आक्रमणमा ४ सय ४० जना हिजबुल्लाहका कार्यकर्ता मारिएको जनाएको छ । 

गत सोमबारदेखि इजरायलले लेवनानामा जमीनबाट पनि आक्रमण शुरु गरेको थियो । त्यस अघि हिजबुल्लाहमाथि हवाइ आक्रमण मात्रै गरेको थियो ।जमीनबाट गरेको आक्रमणमा ४ सय ४०जना हिजबुल्लाहका कार्यकर्ता मारिएको टाइम्स् अझ इजरायलले जनाएको छ । 

आईडीएफका चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले जारी गरेको विज्ञप्तिमा इजरायलले हिजबुल्लाहमाथि दबाब जारी राख्नुपर्ने र उसलाई थप र दीर्घकालीन क्षति पुर्‍याउनुपर्ने बताएका छन् ।
गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमा आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ ।

हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि गत हप्ता रकेट आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा इरानको समर्थन पाएको हिजबुल्लाहका नेताहरु मारिदै गएपछि इरानले हिजबुल्लाहलाई सघाउन इजरायलमाथि गत मंगलबार २ सय वटा मिसाइल हानेको थियो । तर त्यसलाइ इजरायलले रोकेको थियो ।
 

प्रतिक्रिया