गाजा स्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

एजेन्सी । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रय स्थल बनाइएको थियो । “गाजाको मध्य क्षेत्र देइर अल–बालाह स्थित अल अक्सा शहीद अस्पतालको गेट अगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्,” एजेन्सीका प्रवक्ता महमुद बसालले भने । 

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएकोे छ, “मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर भित्र सक्रिय हमासका आतङ्ककारी माथि आक्रमण गरिएको हो ।”
रासस 

प्रतिक्रिया