दाउन्नेमा भासिएको सडक दुई तर्फी सञ्चालनमा

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिए पछि अवरुद्ध यातायात सेवा दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्ने स्थित खुर्सानी खोलामा भासिएको सडक मर्मत पछि आइतबार बिहान ११ बजे देखि दुई तर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । 

शनिबार विहान ९ बजे देखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो । 
रासस 

प्रतिक्रिया