प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड

काठमाडौं । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग गरेको छ । 

नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी सहितका पदाधिकारीले प्रधानमन्त्री के.पी. शर्मा ओली समक्ष आइतबार उक्त चेक हस्तान्तरण गरेका हुन् । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानी कर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जा प्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुन अनुसार काम गर्न पनि आग्रह गरे । 

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्था बाट गरी  तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरु बाट सहयोगको क्रम जारी छ ।
रासस 

प्रतिक्रिया