घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा  तीन सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रति तोला एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आइतबारको लागि भने  एक लाख ६१ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँचले बढेको छ । शुक्रबार प्रति तोला  एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आइतबारको लागि भने एक हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ । 
रासस 

प्रतिक्रिया