दशैंसँगै तराई–मधेशमा झिझियाको रौनक


शिव दयाल यादब
सिरहा । दशैं शुरु भएसँगै यतिबेला सिरहा लगायत तराई –मधेशका जिल्लाहरुमा  झिझिया  लोकनृत्य झिझियाको रौनक देखिन थालेको छ । 

 घटस्थापना देखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य प्रस्तुत गर्ने गरिन्छ । यो तराइ मधेशमा प्रचलित लोक नृत्यमध्ये  विशिष्ट प्रकृतिको नृत्य हो। जुन दशैंका बेला प्रदर्शन गरिन्छ। पूर्ण तान्त्रिक विधि अनुसार गरिने यो नृत्य परम्परादेखि चलिआएको हो।

सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ। जादू, टुनामुना आदिको प्रभाव कम गर्न यो अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । दशैंमा सिरहाको विभिन्न दुर्गा पीठ र मठ–मन्दिर भरिभराउ छन् । मन्दिर सजाउन गरिएका श्रृङ्गार सँगै लोक नृत्य झिझियाले थप रौनकता बढाएको छ । साझ र बिहानको समयमा पुजा गर्न र मेला हेर्न आउनेको भीड हुन्छ । 

यो नृत्यमा तान्त्रिक विधिको विशेष महत्व रहेको छ र यो मिथिलाको लोक परम्पराको रुपमा विस्तारै विकास हुन पुग्यो । यो नृत्यको वैदिक, लोक तथा तान्त्रिक परम्पराको मिश्रणले महान सन्देश दिँदै आइरहेको पण्डित रोशन मिश्र बताउँछन 

परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीत लोपोन्मुख अवस्थामा रहेका छन्। सामाजिक संस्कारमा रहेको अन्धविश्वासका प्रति छायाँ दर्शाउने यस किसिमका लोक गीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने देखन्छि। 
 

प्रतिक्रिया