प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

काठमाडौँ । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । संवैधानिक परिषद्को सिफारिससँगै केही दिनअघि संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । 

राष्ट्रपति कार्यालयले उनको आजै शपथको कार्यक्रम तय भएको जनाएको छ । 

प्रतिक्रिया