आज प्रधानन्यायाधीश राउतको नियुक्ति र शपथ

काडमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नियुक्ति र शपथ ग्रहण आइतबार हुँदैछ ।

सर्वोच्च अदालतको ३२ औं प्रधानन्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतले आइतबार शपथ लिने भएका हुन् । राष्ट्रपति भवनमा दिउसो साढे १ बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी  उनलाई शपथ खुवाउन लागिएको हो । 

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भए पछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।


 

प्रतिक्रिया