जुम्लामा स्थानीयलाई वडा कार्यालय बाट नुन वितरण

जुम्ला ।  जिल्लाका स्थानीय तहले वडा बाट अनुदानको नुन वितरण गरे पछि यहाँका नागरिकलाई सहज भएको छ ।

यो सुविधा वडा बाट प्राप्त भए पछि  पाँच केजीको नुन खरिद गर्न  एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नु पर्ने बाध्यताको पनि अन्त्य भएको छ । 

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँ स्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडा बाट नुन वितरण गर्न वडामा दर्ता भएका घर लगत अनुसार प्रति व्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दशैंमा नुनको अभाव हुने छैन, ” उनले भने । 


साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति  भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको  प्रमुख थापाले जानकारी दिए । 
रासस 

प्रतिक्रिया