बाढी पहिरोमा परी काभ्रेमा ७७ जनाको मृत्यु, ५ जना बेपत्ता

काभ्रेपलाञ्चोक । हालैको बाढी पहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिक सहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परी पाँच जना बेपत्ता छन् । हाल सम्म ३३ जना महिला, २८ जना पुरुष, नौ जना बालक र सात जना बालिकाको मृत्यु भएको छ । 

पनौती नगरपालिकामा आठ जना महिला सहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ जना महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ जना महिला, दुई जना  पुरुष, एक बालक र तीन जना बालिका, बेथानचोकमा आठ जना पुरुष, तीन जना महिला र एक बालक, मण्डनदेउपुरमा तीन जना  महिला सहित सात जनाको मृत्यु भएको छ । 

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण  जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । 

रासस

प्रतिक्रिया