इजरायल र हिजबुल्लाह युद्धमा लेबनान बाट २ लाख  मानिस विस्थापित

एजेन्सी । इजरायल र हिजबुल्लाह बीच जारी युद्धमा दुई लाख मानिस लेबनान छाडेर सिरिया गएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार इजरायली हवाई आक्रमणका कारण दुई लाख भन्दा बढी मानिस लेबनान छोडेर छिमेकी सिरिया गएका हुन् । 

अन्तर्राट्रिय सञ्चार माध्यमका अनुसार शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले जारी गरेको अपडेटमा लेबनानी नागरिक र लेबनानमा बसोबास गर्ने सिरियाली नागरिक पनि लेबनान छाड्नेमा छन् । 

शुक्रबार इजरायलले दुई देश बीचको मुख्य सीमा नाकालाई निशाना बनाएर हवाई हमला गरे पछि सवारी साधनको आवतजावत ठप्प भएको छ । इजरायली सेनाले भने मस्ना क्रसिङ नजिकै हिजबुल्लाहको स्थानलाई निशाना बनाएको दाबी गरेको छ । 

प्रतिक्रिया