दाङ बाट चार सय खसी बोका काठमाडौं पठाइँदै

दाङ ।  दशैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङ बाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो । प्रत्येक वर्ष दाङ बाट काठमाडौं खसीबोका पठाउने गरिएको छ । दाङ बाट शुक्रबार एक सय ९३ र शनिबार दुई सय खसीबोका काठमाडौं पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले जनाएको छ ।

जिल्ला बाट केन्द्रीय कार्यालयमा खसीबोका पठाउने र त्यहाँ बाट सर्वसाधारणका लागि किनबेच खुला गर्ने गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख तिलक सुनारले बताए । उनका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजी सम्मका बोका खरिद गरी काठमाडौं पठाइएको हो । 

जिउँदो खसी प्रति केजीको  पाँच सय ६० र बोका प्रति केजीको पाँच ४० को दरमा खरिद गरिएको उनले जानकारी दिए । उनका अनुसार यस वर्ष चार सयमात्र खसी बोका जिल्ला बाट माग भएकाले सोही अनुसार पठाइएको हो । 

गत वर्ष दाङ बाट खाद्यले सात सय ५६ वटा खसी बोका खरिद गरी काठमाडौं पठाएको थियो । यस वर्ष भने वर्षाले गर्दा खरिद बिक्री कम हुन सक्ने आकलन गर्दै चार सय मात्र पठाइएको प्रमुख सुनारले बताए । 
रासस 

प्रतिक्रिया