पहिरो पुनः खसे पछि रोकियो मेची राजमार्गको मर्मत सम्भार

इलाम । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसे पछि मर्मत सम्भारको काम रोकिएको छ ।  

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढे पछि जारी मर्मत सम्भारको काम शनिबार साँझ देखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसे पछि काम स्थगन गरिएको हो ।

यो सडक अवरुद्ध भए सँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ । 
रासस 

प्रतिक्रिया