देशभर बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौं । बाढी पहिरोमा परी हाल सम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्र बाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत सम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 

“बाढी पहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तर बाट भइरहेको छ । त्यो प्राप्त भए पछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तह बाट प्रभावित परिवारलाई खाद्यान्न लगायत सहयोग प्रदान भएको छ”, उनले भने ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोष मार्फत प्रतिमृतक २ दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हाल सम्म त्यस्तो सहायता १ सय ६० परिवारले पाइसकेका छन् ।

बाढी पहिरोमा परी सबै भन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हाल सम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए । 
रासस 

प्रतिक्रिया