क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै नेपाल एयरलाइन्सको विमान परिचारकहरुको आन्दोलन फिर्ता

काठमाडौं । दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका विमान परिचारक परिचारिकहरु काममा फर्किएका छन् । शनिवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उमेर हद ५० वर्ष पुर्‍याउन मन्त्रालय सहमत भएपछि  उनीहरू आन्दोलन स्थगित गरेका हुन् ।

नेपाल एयरलाइन्सको नियमावलीमा विमानको परिचारिकाका लागि ४५ वर्षको उमेर हद रहने व्यवस्था छ । उक्त उमेर बढाउन उनीहरूले माग गर्दै आएका थिए । आजको छलफलमा उक्त नियमावली परिवर्तन गर्ने प्रक्रिया सुरु गर्न मन्त्रालय सहमत भएको छ ।

यद्यपि यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र अन्तरिम आदेश समेत भएकोले महान्यायाधिवक्तासँग परामर्श गरेर अघि बढ्ने मन्त्री बद्री पाण्डेले बताए । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै बुधबारदेखि परिचारक परिचारिकहरु आन्दोलनमा थिए ।

प्रतिक्रिया