सिरहामा  धुमधामका साथ  दशैं  मनाइँदै

शिव दयाल यादव

सिरहा । सिरहामा बडा दशैं अर्थात दशहरा पर्व धुमधामका साथ  मनाइँदै  छ । 

शारदीय नवरात्र र दशहरा भनिने बडादशै पवर्मा अधिकांश गाउँमा कलश यात्राका साथ घटस्थापना गरिएको थियो ।  दशैं पर्वलाई मधेशमा ’दशहरा भनिन्छ।

दशैंमा सिरहाको दुर्गा मन्दिर लगायत ग्रामिणक्षेत्रमा दुर्गा भगवतिको कलात्मक मुर्ति बनाइ धुमधामका साथ दुर्गा पुजा गरिएको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि धुमधामका साथ दुर्गा पुजा आयोजना गरिएको छ । 
असोज शुक्लपक्षको प्रतिपदादेखि नवमी सम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमी सम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको छ । देवी शक्ति पीठहरूमा कन्याकुमारीले धार्मिक महत्वका नदी र सरोबरबाट माटोका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै त्यही जल कलश स्थापना गरेर घटस्थापना गरिएको थियो ।

दुर्गा मन्दिर सहितको शक्ति पीठलाई विशेष किसिमले फूलमालाका साथै झिलिमिली पारेर सजाइएको छ ।
 

प्रतिक्रिया